Century Times

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौँ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले  जानकारी दिए।

बैठकले तराई मधेसका विभिन्न स्थानमा आगलागी भएको र पीडितलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गर्ने समेत निर्णय गरेको छ ।

साथै जलवायु परिवर्तन र चुरे विनाशका कारण तराई मधेसमा खानेपानीको समस्या दिनानुदिन विकराल हुँदै गएकोमा सङ्घीय सरकारद्वारा तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरेर जनतालाई राहत प्रदान हुनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »