सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत् सरकारले सो घोषणा गरेको हो।
यसअघि शिक्षकको तलब त्रैमासिक रूपमा दिइँदै आइएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अबको आर्थिक वर्षबाट शिक्षकलाई मासिक रुपमै तलब दिने सरकारको योजना रहेको जानकारी गराए।