Century Times

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ।

सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो।

त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक नदिएको गरेका थिए । 

सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए। 

दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन्। 

उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३ जना छन्। ६ जना नाबालिग रहेको रायको भनाइ छ। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »