Century Times

अख्तियारको कर्मचारी भन्दै ‘बार्गेनिङ’ गर्ने व्यक्ति पक्राउ

अख्तियारको कर्मचारी भन्दै ‘बार्गेनिङ’ गर्ने व्यक्ति पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा ‘बार्गेनिङ’ गर्ने एक जना पक्राउ परेका परेका छन् ।

अख्तियारको कर्मचारी भन्दै विद्यालयमा गएर कागजपत्र माग्ने, बार्गेनिङ गर्ने एकजनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ का वर्ष ४० का रामधनी यादव छन् ।

गोलबजार नगरपालिका-३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई आज बिहान ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले जनाए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवले जिल्लाको लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुरलगायतका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा जाने, कक्षा कोठामा बस्ने, कागजात माग्ने र बार्गेनिङ गर्ने गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »