Century Times

सर्लाहीमा ‘डाँका’ पक्रन प्रहरीले गोली चलायो, दुई जना नियन्त्रणमा

सर्लाहीमा ‘डाँका’ पक्रन प्रहरीले गोली चलायो, दुई जना नियन्त्रणमा

सर्लाही प्रहरीले विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक जितेन्द्र राउत र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर जितेन्द्र घाइते छन् । उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ ।

पक्राउ परेका दुबै जना पेशेबर अपराधी भएको र नेपाल तथा भारतमा दर्जनौं अपराधमा संलग्न रहेको प्रहरीको दावी छ । उनीहरुलाई आजै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »