Century Times

नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

काठमाडौँ महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ ।

सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । 

उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’

को–को जुध्न आउने हो आए हुन्छ भन्दै मेयर शाहले कसैलाई बाँकी नछोड्ने उल्लेख गरेका छन् ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »