Century Times

आइपिएलको प्लेअफ समीकरण पूरा

आइपिएलको प्लेअफ समीकरण पूरा

इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ।

गएराति लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँढेपछि प्लेअफ समीकरण पूरा भएको हो।

गएरातिको खेल वर्षाका कारण  प्रभावित भएपछि दुवै टोलीले एक/एक अंक बाढेका हुन्।

अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, सनराइजर्स हैदरावाद दोस्रो स्थानमा, तेस्रो स्थानमा राजस्थान रोयल्स र चौथो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलुरू छन्।

 पहिलो र दोस्रो स्थानमा रहेका कोलकाता र हैदरावादले प्लेअफ खेल्नेछ। खेल भोलि साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियममा हुनेछ। जित्ने टिम फाइनल पुग्नेछ। 

त्यस्तै तेस्रो स्थानको राजस्थान र चौथो स्थानको बैंगलुरूले बुधबार एलिमिनेटर खेल्नेछ।  

एलिमिनेटरमा पराजित हुने टिम आइपिएलबाट बाहिरिनेछ भने जित्ने टिमले क्लालिफायरमा पराजित भएको टिमसँग फाइनलमा पुग्नका लागि खेल्नेछ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »