Century Times

इरानका राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना, अवस्था अज्ञात

इरानका राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटना, अवस्था अज्ञात

इरानका राष्ट्रपति इब्राहिम रायसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर आइतबार दिउँसो दुर्घटनामा परेको छ।

इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’ भएको हो।

पाँच घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ। तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ।

बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ। तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ।

आइआरएनएका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »