Century Times

सुनको मूल्य प्रतितोला १ हजार २ सय घट्यो

सुनको मूल्य प्रतितोला १ हजार २ सय घट्यो

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ।

छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा मंगलबार एक लाख ४० हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा ५५ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »