Century Times

२१ दिनभित्र निवेदन फारम बुझाउन मिटरब्याज पीडितलाई आयोगको आग्रह

२१ दिनभित्र निवेदन फारम बुझाउन मिटरब्याज पीडितलाई आयोगको आग्रह

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै आयोगले कारोबारका क्रममा ऋण लिने व्यक्ति  र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भर्न आग्रह गरेको हो । 

अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी एक्काइस दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »