Century Times

भारतको महाराष्ट्रमा केमिकल फ्याक्ट्रीमा आगो लाग्दा ८ जनाको मृत्यु, ६० जना घाइते

भारतको महाराष्ट्रमा केमिकल फ्याक्ट्रीमा आगो लाग्दा ८ जनाको मृत्यु, ६० जना घाइते

भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।

मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो । आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ ।

स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »