Century Times

भारतकाे गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

भारतकाे गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । पाँच किलोमिटर परसम्म धुवाँ फैलिएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेहरूमा बालबालिकासमेत रहेका बीबीसी हिन्दीले जनाएको छ ।

आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको गुजरात प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५० हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »