Century Times

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो ।

यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन-तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यो तेस्रो पटक पनि तीन दिन म्याद थप गरिएको हो । यससँगै सिरोहिया कम्तीमा ९ दिन हिरासतमै रहने निश्चित भएको छ ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् । उनलाई सोमबार काब्या अस्पतालबाट एम्बुलेन्समा अदालतमा ल्याइएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »