Century Times

आउँदो आर्थिक वर्षको बजेट आज आउँदै

आउँदो आर्थिक वर्षको बजेट आज आउँदै

आउँदो आर्थिक वर्षको बजेट आज आउँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ मा सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ ।बजेट वक्तव्यका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले झण्डै साढे १९ खर्बको बजेट पेस गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्बको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो । तर सरकारले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट ल्याएको थियो ।सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत् बजेट घटाउँदै आएको छ । करका दरभन्दा पनि दायरा बढाउने भनिए पनि त्यसमा विशेष कार्यक्रमको सम्भावना नयाँ बजेटमा न्यून देखिन्छ ।

यद्यपि विद्युतीय गाडी र बढी मूल्यका अरू गाडीमा भने केही कर बढाउने तयारी छ ।राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान सम्बोधन तथा जलवायु अनुकूलन क्षमता बढाउनेलगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »