गर्मीले विद्यालयमै विद्यार्थीहरु बेहोश हुन थालेपछि जनकपुरधामका उपमहानगरले भोलीदेखि ५ दिनका लागि विद्यालयमा विदा घोषणा गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गर्मी अत्यधिक बढेकाले ५ दिन विद्यालयमा आकस्मिक गर्मी विदा दिएको जानकारी दिए । उनका अनुसार जेष्ठ १७ गतेदेखि २१ गतेसम्मका लागि उपमहानगरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछ ।
उनले सूचना जारी गर्दै भनेका छन्, गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै ५ दिन वर्षे विदाबाट कट्टा हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा अनुरोध छ ।
यस्तै रौतहटको गौर नगरपालिका र कटहरीया नगरपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।
केहि दिनदेखि प्रचण्ड गर्मीले तराईरमधेशको जनजीवन प्रभावित पारेको छ । दिउँसो प्रायः तापमान ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । गर्मीले घरबाट निस्किने अबस्था समेत नरहेको सर्वसधारण बताउँछन् ।

Century Times
