Century Times

सिरहाको मिर्चैयामा आगलागी

सिरहाको मिर्चैयामा आगलागी

सिरहाको मिर्चैयामा आगलागी भएको छ ।

बुधबार दिउँसो सिरहादेखि कल्याणपुर जाने बाटो निर्माणका लागि परिचालित कामदारहरुलाई बस्न बनाइएको टहरामा आगलागी भएको हो । खाना पकाउने ग्यास लिक भएर आगलागी भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

आगलागीले मजदुरहको खाद्यान्न, लत्ताकपडा पैसालगायतका सामानहरु जलेर खरानी भएको छ । आगो नियन्त्रणमा आइसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार करिब ३ लाख बढी रकम बराबरको क्षति भएको जनाइएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »