Century Times

टी–२० विश्वकप : भारत पाकिस्तानबिचको खेलमा  आतंककारी आक्रमणको धम्की

टी–२० विश्वकप : भारत पाकिस्तानबिचको खेलमा  आतंककारी आक्रमणको धम्की

आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्यु योर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो ।

टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा न्यु योर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ । आतङ्ककारी आक्रमण धम्की आएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो सार्वजनिक गर्दै भारत र पाकिस्तानबिचको खेलका क्रममा आक्रमणको चेतावनी दिएको हो । उक्त भिडियोमा खेलका क्रममा ‘लोन उल्फ’ आक्रमण गर्ने धम्की दिइएको छ ।

‘लोन उल्फ’ आक्रमण भनेको कुनै एक व्यक्तिलाई प्रयोग गरेर गरिने आतङ्ककारी आक्रमण हो । न्यु योर्कका गभर्नर क्याथी होचलका अनुसार, विश्वकपका क्रममा कुनै गम्भीर खतराको सङ्केत देखिएको छैन । उनका अनुसार सुरक्षा व्यवस्थालाई भने निकै कडा पारिएको छ ।

विश्व क्रिकेटमा यसअघि पनि पटक–पटक आतङ्ककारी हमला भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »