Century Times

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  

गौरको ट्रायल सेन्टरबाट दुई जना बिचोलियालाई आइतबार प्रहरीले पक्राउ गरेका छन् । ट्रायल सेन्टरमा बिचोलियाहरूले लाइसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका दुवै जना माथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताएकी छिन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीय देखि काठमाडौं सम्मका दर्जनौँ बिचोलिया घुमिरहेको देख्न सकिन्छ। बिचोलियामार्फत खुलेआम रकम लिएर चालक अनुमति पत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ ।

स्कुटर, जिप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँच पास र नामसारी लगायतका कार्यको लागी आर्थिक लेनदेन बिचोलिया मार्फत हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »