Century Times

चुनावी अभियान सकिएसँगै तिहाड जेलमा आत्मसमर्पण गर्ने केजरीवालाको घोषणा

चुनावी अभियान सकिएसँगै तिहाड जेलमा आत्मसमर्पण गर्ने केजरीवालाको घोषणा

भारतको राजधानी नयाँ दिल्लीका मुख्य मन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज अपरान्ह तिहा जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

नरेन्द्र मोदी सरकारले भ्रष्टाचार आरोपमा जेल पठाएका केजरिवाललाई सर्वाेच्च अदालतले चुनाव प्रचारका लागि जेलबाहिर जान अनुमति दिएको थियो ।

जेलबाट छुटेर २१ दिन चुनावी प्रचार सकेपछि आजै आफूले तिहाड जेलमा सरेन्डर गर्ने केजरीवालले बताएका छन् ।

दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिने र हनुमान मन्दिरको दर्शनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »