Century Times

रासायनिक मलको बजेट अपर्याप्त छ : सांसद अब्दुल खान

रासायनिक मलको बजेट अपर्याप्त छ : सांसद अब्दुल खान

जनमत पार्टीका सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् ।

संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने बताएका हुन् । उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने बताए ।

किसानहरू पेसा छाडेर हतोत्साहित भइरहेको भन्दै सांसद खानले किसानको मनोबल बढाउने खालको बजेट आवश्यक रहेको बताएका थिए । उनले बजेटमा किसान कार्ड किन आएन भन्दै प्रश्न गरे ।

‘कृषिमा जति राम्रो बजेट ल्याए पनि किसान कार्ड कार्यान्वयन नभएसम्म अर्थ हुँदैन, तर बजेटमा त्यस्तो केही देखिएन, त्यो ल्याउनुपर्थ्यो,’ उनले भने, ‘बजेट समयमै कार्यान्वयन नभए, जति राम्रो बजेट भए पनि अर्थ हुँदैन ।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »