Century Times

मधेश प्रदेशसभामा जनमतको अवरोध, बैठक केही बेरका लागि स्थगित

मधेश प्रदेशसभामा जनमतको अवरोध, बैठक केही बेरका लागि स्थगित

करिब डेढ महिनापछि आज बसेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको थियो । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । 

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् बैठक जनमतले अवरुद्ध गरेको हो । 

जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानविन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौँ ।’

बैठक केही बेरका लागि स्थगित भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »