Century Times

एकले अर्कालाई सिध्याउन केन्द्रित हुँदा सदनमा देश भेटिन छाड्यो : मनिष झा

एकले अर्कालाई सिध्याउन केन्द्रित हुँदा सदनमा देश भेटिन छाड्यो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सदनमा सबै एकले अर्कालाई सिध्याउने प्रयासमा केन्द्रित भएकाले देश भेटिन छाडेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उग्र राष्ट्रवादले भन्दा पनि कठोर देश प्रेमले देश बनाउने बताए।

उनले भने, ‘उग्र राष्ट्रवादमा जे छ त्यही ठिक छ भन्छ तर देश प्रेममा चाहिँ जे गलत छ त्यसलाई सुधार्नुपर्छ भनिन्छ । अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा भेटिँदैन । नीजि क्षेत्रको लगानीमा, सबै ठाउँमा देश भेटिन गाह्रो छ । सदनमा त झनै गाह्रो छ । किनकि यहाँ सबैले सबैलाई सिध्याउने प्रयासमा छन् ।’

उनले आज विश्वकप खेल्ने नेपाली क्रिकेटको राष्ट्रिय टिमले भने देश भेट्ने विश्वास व्यक्त गरे।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »