Century Times

कुनै विकास निर्माण गर्न नसके पनि वृहतरको सुद्धिकरण त गरेरै छोडछु : अध्यक्ष शितल साह

कुनै विकास निर्माण गर्न नसके पनि वृहतरको सुद्धिकरण त गरेरै छोडछु : अध्यक्ष शितल साह

‘मलाई कुनै पनि काम गर्न दिइएको छैन, आठ महिना पछि अस्ती आफनो कार्यकक्षमा आउँदा कर्मचारीको खाल ओढेको एकआध गुण्डाप्रवृतीकाले खुकुरी, भाला प्रहार गरि मार्ने धम्की दिन्छ’ मलाई थाहा छ मेरो कार्यकाल बिना कामनै व्यतित हुदैछ तर म प्रण गर्छु वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको सुद्धिकरण गरेरै छाडछु ।’

माथीको वाक्यांश सोहि परिषदका अध्यक्ष शित साहको हो । पुर्व पत्रकार र पत्रकारहहरुको छाता संगठन नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष समेत रहि सकेका साहले पत्रकार सम्मेलन गरि आइतवार आफनै कार्यकक्षमा सो कुराहरु सुनाईरहेका थिए । उनले अगाडि भने, ‘म पुर्व पत्रकार पनि हो, म काम गर्न सकिन भने समाजले पत्रकारले पनि केहि गर्न सकेन भन्छ मलाई थाहा छ, तर म अरु केहि गर्न नसकेपनि ज्यान जान्छ जाओस म वृहतरलाई सुद्ध पारेरै जान्छु ।’

उनका अनुसार गलत शैक्षिक प्रमाण पत्र पेश गरि वृहतरका कर्मचारी बनेका जितेन्द्र यादव कर्मचारीको भेषमा वृहतरमा राजनिति र वृहतरलाई कब्जा गर्न अहिले सम्म सफल भइरहेको छ । यादवले जागरिका लागि पेश गरेको भारितय शैक्षिक प्रमाण पत्र नक्कली रहेको तथ्य नेपाल र भारतिय पक्षले पनि प्रमाणित गरिसकेको बताउदै उनले किर्ते छाप र कर्तुतमा पनि धेरै कर्मचारीको संलग्नता पुष्टी भइसकेको बताए ।

उनले आफु अध्यक्ष भएर आउने वितिकै यादवले तत्कालिन हाकिम विरुद्व अनेकन प्रमाण आफुलाई दिइएको, पछि ति हाकिमले यादव माथी नै छानविन गर्न थालेपछि सो आधारमा प्रक्रिया अगाडि बढाउदा अव त आफु नै फँस्ने भएकाले अहिले सबै कर्मचारीलाई मिलाएर कार्यालय बर्बाद गर्ने काम गरिरहेको उनको तर्क छ ।

आफनो निजी निवासमा पनि आक्रमण भएको र हाल सम्म चार पटक प्रहरी प्रशासनमा सुरक्षाको मांग सहित निवेदन दर्ता गराईसकेको बताउदै उनले आफु असुरक्षित रहेको पनि बताए । उनले हाल सम्म आफु आफनो निजि खर्चमा वृहतरका लागि सबै काम र अभियान गरिरहेको बताउदै गाडी कार्यालयको रहेपनि ईन्धन निजी प्रयोग गरेर चढिरहेको बताए ।

परिषदले गरेका निर्णयका कागजातहरु पनि कर्मचारीकै कब्जामा रहने, अन्य कर्मचारीलाई पनि धाकधम्की र विभिन्न प्रलोभन देखाई आफु अनुसार प्रयोग गर्ने र आफनो निहित स्वार्थ पुरा गर्ने प्रवृतीले वृहतरलाई डुबाएको दावी गर्दै उनले सबै सुधार गर्ने आफनो एकमात्र लक्ष्य रहेको बताए । उनले अव वृहतर नयाँ नियमावली अनुसार मात्र चल्न सक्ने पनि बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »