निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ ।
अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज भने चार हजारले सस्तिएको हो । प्रति तोला एक लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज ४ हजारले घटेर एक लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रति तोला एक हजार ८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य गत शुक्रवारको तुलनामा ७५ रुपैयाँले घटेको हो ।