Century Times

मौसम अपडेट : कोशीसहित मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

मौसम अपडेट : कोशीसहित मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

अहिले देशको पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी ठाउँमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ । दिउँसो कोशी प्रदेशलगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा मधेश प्रदेशसहित देशका बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज राति कोशी प्रदेशलगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »