Century Times

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गयो

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गयो

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जना हजयात्रीको ज्यान गएको छ । अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना जोर्डनका नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले अत्यधिक गर्मी भएपछि ‘हिट स्ट्रोक’ का कारण १४ जनाको ज्यान गएको र  हजयात्रीको भीडमा १७ जना बेपत्ता भएका बताएको छ । बेपत्ताहरूको खोजी भइरहेको छ ।

यसैबीच इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि ज्यान गएकाे पुष्टि गरेको छ तर उनीहरूको ज्यान कसरी भयो भन्ने बताएको छैन ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । साउदी अधिकारीकाअनुसार यो वर्ष १८ लाखभन्दा धेरैले यसमा भाग लिइरहेका छन् । त्यहाँ यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ जसले गर्दा घरबाहिर र पैदल हिँड्ने धेरैलाई समस्या भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »