Century Times

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

बजेटमा कर्मचारीले गडबड गरे, अनुसन्धान गर्दैछौं : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट बनाउने क्रममा कर्मचारीले गडबड गरेको दाबी बताएका छन् ।

सोेमबार जनकपुरधाममा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।

जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं,’मुख्यमन्त्री सिंहले भने, ‘बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने छौं ।’

मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए । ‘आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं,’ उनले भने ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »