Century Times

मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत अझ अगाडि नै लिने तैयारी गरेपनि सत्तारुढ दल एकीकृत समाजवादीको महाधिवेशनको कारण ढिलाइ भएको बताए । उनले एकीकृत समाजवादीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेपछि २१ गते विश्वासको मत लिने तयारी गरेको बताए ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »