Century Times

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएकाे अन्तरिम आदेश सर्वाेच्च अदालतले खारेज गरेकाे छ ।

न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन दिएको अन्तरिम आदेश आज खारेज गरेकाे हाे । याेसँगै नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएकाे छ ।

यसअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहितका २१ जनाले आफूहरूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भन्दै भदाै ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । याे रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चकाे अन्तरिम आदेशपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »