Century Times

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्।  

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।

शुक्रबार नै परिसरको टोलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई बौद्धबाट पक्राउ गरेको थियो।

उनीहरु दुवैजना विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »