Century Times

रोहित शर्मा र विराट काेहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

रोहित शर्मा र विराट काेहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

टी–२० विश्वकप उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए ।

यसअघि सन् २००७ मा भएको टी–२० विश्वकपको पहिलो संस्करणमा भारत च्याम्पियन बन्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । सन् २०११ मा एक दिवसिय विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टी–२० विश्वकप उपाधि हो । हिजो भारतलाई टी–२० विश्वकप उपाधि जिताउने क्रममा कोहली प्लेयर अफ दि म्याच भएका थिए ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »