Century Times

लगातार पाँचौं दिन पनि बढ्यो सुनको भाउ

लगातार पाँचौं दिन पनि बढ्यो सुनको भाउ

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »