Century Times

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।

नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ। साथै एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले भने आफूले संसद फेस गर्ने बताइरहेका छन्।

प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विश्वास मत लिने विषय समावेश गरिदिन संघीय संसदका महासचिवलाई शुक्रबार पत्र नै पठाएका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »