Century Times

सुन–चाँदीको मूल्य बढ्यो

सुन–चाँदीको मूल्य बढ्यो

साताको अन्तिम दिन सुन–चाँदीको मूल्य बढेको छ।

यो साता सुनको मूल्य सात दिन नै बढेको छ। आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्य प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको छ।

आइतबार र सोमबार तोलामा दुई सय रूपैयाँको दरले बढेको छ भने मंगलबार प्रतितोला एक सय रूपैयाँ, बुधबार प्रतितोला चार सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक सय रूपैयाँ गरी यो हप्ता सुनको मूल्य दुई हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। 

बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »