Century Times

कारागारमा करेन्ट लागेर एक कैदीबन्दीको मृत्यु

कारागारमा करेन्ट लागेर एक कैदीबन्दीको मृत्यु

वीरगञ्ज कारागारमा शनिबार बिहान एक जना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो । वीरगञ्ज कारागारमा २०७५ साल देखि जेलजीवन बिताउँदै आएका उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

बोगटीका अनुसार जबरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो । मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »