Century Times

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि सोमबार छापावाल सुन १ लाख ४५ हजार र तेजावी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »