Century Times

मिटरब्याज पीडितहरूको उजुरी सङ्कलनका लागि १० दिन म्याद थप

मिटरब्याज पीडितहरूको उजुरी सङ्कलनका लागि १० दिन म्याद थप

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट उजुरी सङ्कलन गर्ने म्याद १० दिनका लागि थप गरेको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनेको हो ।

पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा राखिएको छ । पीडितले त्यसलाई प्रिन्ट गरेर फारममा उल्लेख भएका विवरणहरू भरेर अबको १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । आयोगले पीडितलाई भएसम्मका ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत राखेर निवेदनको माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नका लागि २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरू उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्थाअनुसार कारबाही शुरु गर्ने आयोगले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »