Century Times

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुग्याे

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुग्याे

सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४४ हजार नौ सय रुपैयाँ रहेको थियो । यसअघि गएको आइतवार सुन अहिलेसम्मकै उच्च तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीकाे भाउ पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी ताेलाकाे एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाइ रहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »