Century Times

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ। प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो।

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए। सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो।

यसपटक उतै देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »