Century Times

तीन महिनादेखि नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन

तीन महिनादेखि नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन

बाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विक छन् ।

राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि नैनसिंहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

उनले आफूलाई डिएसपी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको ‍एसपी कार्कीले जानकारी दिए।

विकलाई मंगलबार कोहलपुर नगरपालिका-११ बाट पक्राउ गरिएको हो। प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »