Century Times

मधेसमा कांग्रेसलाई अर्थसहित चार मन्त्रालय

मधेसमा कांग्रेसलाई अर्थसहित चार मन्त्रालय

मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी हुने तय भएको छ ।

कांग्रेसले मागेको अर्थसहित चार मन्त्रालय दिएर मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार पार्टीबाट जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्री बनाउने तयारी छ।

संघमा कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बनिरहँदा मधेसमा जनमतलाई दिने सहमति भएको थियो। त्यसै अनुसार कांग्रेसले जनमत पार्टीका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको थियो।

गत असार २२ गते मधेस प्रदेश सभामा विश्वासको मत दिनुअघि कांग्रेसलाई अर्थसहित चार मन्त्रालय दिने मौखिक सहमति भएको थियो। तर सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन।

पूर्वसहमतिअनुसार मुख्यमन्त्री सिंहले कांग्रेसलाई अर्थ मन्त्री नदिए बिहीबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसका सांसदहरुले चेतावनी दिएका थिए।

संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने चेतावनीपछि मुख्यमन्त्री सिंहले पूर्वसहमतिअनुसार कांग्रेसलाई सरकारमा लैजान तयार भएका हुन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »