Century Times

सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी

सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको  छ।

आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »