Century Times

सीटीईभीटीको छात्रवृत्ति परीक्षामा पाँचजना नक्कली परीक्षार्थी पक्राउ

सीटीईभीटीको छात्रवृत्ति परीक्षामा पाँचजना नक्कली परीक्षार्थी पक्राउ

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन आएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, चितवन भरतपुर ८ का रुपेश यादव, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।

उनीहरुले नियमित परीक्षार्थीको ठाउँमा नक्कली परिक्षार्थी बनेर परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »