Century Times

७३ जिल्लामा देखियो डेंगी, सबभन्दा धेरै काठमाडौंमा

७३ जिल्लामा देखियो डेंगी, सबभन्दा धेरै काठमाडौंमा

देशभर दुई हजार जनाभन्दा बढीमा डेंगी रोगको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगी संक्रमण देखिएको जानकारी दिए।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने अनुमान छ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जनाइएको छ। सबभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेंगी देखिएको छ। यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा संक्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगीको संक्रमण देखिएको छ। काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको संक्रमण देखिएको हो। 

रोग शाखा प्रमुख डा. दाहालले डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

‘डेंगी रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्छ,’ उनले भने।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »