Century Times

तीन राज्यमन्त्रीले लिए सपथ, दुई पटकमै ओली क्याबिनेटले पायो पूर्णता

तीन राज्यमन्त्रीले लिए सपथ, दुई पटकमै ओली क्याबिनेटले पायो पूर्णता

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीनजना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए । यसअघि असार ३१ गते ओलीसहित मन्त्रिपरिषद्का २२ जना सदस्यले सपथ लिएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »