Century Times

डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको रणनीति सार्वजनिक

डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको रणनीति सार्वजनिक

डेंगीको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ ।

मन्त्रालयले लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगीबाट ज्यान जाने अवस्थालाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति सार्वजनिक गरेको हो । यो रणनीति विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको बिधि रहेको मन्त्रालयले जनाएको छ ।

यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने क्रियाकलापहरूसहितको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि सात वटै प्रदेश र सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

पालिका मार्फत खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न यस आर्थिक वर्षका लागि सात करोड ९८ लाख रकम विनियोजन गरिएको छ । साथै, ७७ वटै जिल्लाहरूमा पनि झण्डै दुई करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै डेंगी परीक्षणका लागि किट र स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष अहिलेसम्म मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेकका ७३ जिल्लामा दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »