Century Times

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, महासंघले आज तेजाबी सुनको मूल्य उल्लेख गरेको छैन ।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »