Century Times

देशका ३४ स्थानीय जनप्रतिनिधिको पद रिक्त, मंसिरमा उपनिर्वाचन गर्ने तयारी

देशका ३४ स्थानीय जनप्रतिनिधिको पद रिक्त, मंसिरमा उपनिर्वाचन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडाे अगावै निर्वाचन मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका छन् ।

मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जानकारी गराएको छ ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »