Century Times

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डाैमा झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

प्रहरीले झालाई गएको असार १४ गते पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो । केसीले आफूलाई यस प्रकरणका मुख्य व्यक्ति सानु भण्डारीले मन्त्रिपरिषदबाट निर्णय गराउनका लागि झाले रकम माग गरेको भन्ने बयान दिएका थिए ।

यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाण्डाैले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन । बेचन झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बताएका छन् । झाले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन् ।

त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »