Century Times

सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन  : प्रधानमन्त्री प्रचण्ड

सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन  : प्रधानमन्त्री प्रचण्ड

संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको पैसा हिनामिनाको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । 

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले ठगी प्रकरणमा परेका व्यक्तिलाई गृहमन्त्रीमा नियुक्त गर्नुको कारण मागेका थिए । मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेविरुद्ध ठोस प्रमाण नदेखिएको र जाहेरीमा पनि नाम किटान नभएकाे भन्दै उनको बचाउ गरेका हुन् ।

‘गृहमन्त्रीको सन्दर्भमा प्रतिपक्ष दलले उठाएको कुरा सूर्यदर्शन सहकारीको लेखा समिति, ऋण समिति, कर्मचारी र कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कतै उहाँ जोडिएको देखिएको छैन । यो घटनामा प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा सरकारीको रकम हिनामिना गरेको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘चार जना पक्राउ गरिएको छ, बाँकी खोजी भइरहेको छ । मूल उजुरीको ६ महिनापछि रवि लामिछानेसहित १८ जना र कम्पनीलाई विपक्षी बनाए पूरक जाहेरी थियो । सो जोहेरीमा केही उहाँ हिनामिनामा संलग्न भएको प्रमाण छैन ।’

आरोपको आधारमा गृहमन्त्री लामिछानेको राजीनामा माग्ने विषय संसदीय अभ्यास अनुकूल नभएको प्रधानमन्त्रीले विपक्षी दललाई स्मरण समेत गराए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »